Saugat Malla   
Movie's Credit : Cast / Dialogue
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

एकै साता दुई चलचित्रमा सौगात

लेन्सनेपाल २०७६ बैशाख ८
एकै साता दुई चलचित्रमा सौगात

अभिनेता सौगात मल्ल केही समयको विश्राम पछि अब धमाधम चलचित्रमा काम गर्ने मुडमा देखिएका छन् । सौगातले पछिल्लो समय एक पछि अर्को चलचित्रमा साइन गरिरहेका छन् । यो साता मात्र सौगातले दुई चलचित्रमा काम गर्ने पक्का गरेका हुन् ।

शिशिर राणाको निर्देशनमा निर्माण हुने ‘पोई पर्यो काले’ र सुवर्ण थापाको निर्देशनमा निर्माण हुने ‘राम राम’मा सौगात अनुबन्धित भएका छन् । निर्देशकका रुपमा सुवर्ण अनुबन्धित भएलगत्तै सौगातसँग हस्ताक्षर भएको हो । यि दुईले यसअघि चलचित्र फन्कोमा एकसाथ काम गरेका थिए ।

डाइमोण्ड स्टार फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रमा दिनेश महतको कथा तथा पटकथा रहने छ । दशैबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रमा अन्य कलाकारहरु भने पक्का भएका छैनन् ।