Salon Basnet   
Movie's Credit : Cast / Special Appearance / Producer / Story / Playback Singer
Song's Credit : Rapper

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘सुश्री सम्पत्ति’ को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७५ मंसिर ८

चलचित्र ‘सुश्री सम्पत्ति’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दुई युवाले सुश्री सम्पत्तिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइएको छ ।

सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाइली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रको कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।