Rohit Adhikari   
Movie's Credit : Producer / Presenter

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘माइतीघर’को शीर्ष गीत सार्वजनिक, आकर्षक कोरियोग्राफी

लेन्सनेपाल २०८२ भाद्र १२
‘माइतीघर’को शीर्ष गीत सार्वजनिक, आकर्षक कोरियोग्राफी

चलचित्र ‘माइतीघर’को शीर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द, स्वर्गीय जयदेवको सङ्गीत छ । 

गीतको ओर्जिनल भर्सनमा गायिका आशा भोस्लेको स्वर समावेश थियो । निजि क्षेत्रको पहिलो चलचित्र ‘माइतीघर’ समावेश बहुचर्चित गीत रि–रिकर्ड गरेर यो चलचित्रमा समावेश गरिएको हो ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । भिडियोको कोरियोग्राफी लोभलाग्दो छ । लोकेसन र छायाङ्कनपक्षले पनि दर्शकलाई आकर्षित गर्ने देखिन्छ । गीतलाई उत्कृष्ट बनाउन निर्माण पक्षले कुनै कसुर बाँकी नराखेको देखिन्छ ।

असोज १३ गते दसैँको फूलपातीबाट रिलिज हुने चलचित्र रोहित अधिकारी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको हो । रोहित अधिकारीको प्रस्तुति रहेको चलचित्रका निर्माता रबिन शेरचन र धिरज तामाङ हुने भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन् ।

मिलन तामाङको निर्देशन रहेको चलचित्रमा चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा सम्बाद, मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायाङ्कन र सुरेन्द्र पौडेलको सम्पादन छ ।

चलचित्रमा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरूको अभिनय छ ।

यसअघि नै निर्माता mअधिकारीले गीतको भिडियो प्रतियोगिताको समेत घोषणा गरिसकेका छन् । यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये एक जना उत्कृष्ट दर्शकलाई ५ लाख नगद पुरस्कार दिने घोषणा गरिएको छ ।