RemembringRobin Tamang   
Movie's Credit : Cast / Lyricist / Music Director / Playback Singer

News

यस्तो छ भूपि शेरचनको कवितामा बनेको ‘चिसो एस्ट्रे’

लेन्सनेपाल २०७६ मंसिर १७
यस्तो छ भूपि शेरचनको कवितामा बनेको ‘चिसो एस्ट्रे’

कवि भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’को थिममा आधारित चलचित्र ‘चिसो एस्ट्रे’को फस्ट लूक सार्वजनिक गरिएको छ । क्यारेक्टरको परिचय गराउँदै फस्ट लूक सार्वजनिक गरिएको हो ।

चलचित्रमा दिव्य देव, निकुम श्रेष्ठ, नविन लम्साल, सृष्टि श्रेष्ठ, सुशील राज पाण्डे, रोविन तामाङ, कृषा शाही, मोनिका गोलेलगायतका कलाकारको अभिनय रहेको छ । दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको चलचित्रलाई प्रविण स्याङ्बो र सीए कलेक्टिभसले निर्माण गरेका हुन् । चलचित्रमा उज्जव बस्ताकोटीको छायाँकन रहेको छ ।


यस्तो छ भूपि शेरचनको कविता चिसो एस्ट्रे:


यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्

यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्

र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू सोहोरेर जान्छन्

यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो
एउटा चिसो एष्ट्रे जस्तो छ