This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

नेपालीलाई पटकथा लेख्न भारतका रोबिन र अमेरिकाका जेफले सिकाउने

लेन्सनेपाल २०७६ आषाढ २५
नेपालीलाई पटकथा लेख्न भारतका रोबिन र अमेरिकाका जेफले सिकाउने

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले चलचित्र विकास बोर्डसँगको सहकार्यमा आयोजना गर्न लागेको पटकथा लेखन कार्यशालाका भारत र अमेरिकाबाट स्रोत व्यक्ति आउने भएका छन् ।

एकेडेमीका अध्यक्ष केपी पाठकले दिएको जानकारी अनुसार भारतका रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोन स्रोत व्यक्तिका रुपमा कार्यशालामा सहभागी हुने पक्का भएको छ ।

भारतबाट आउन लागेका रोबिनले ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’लगायत ७२ वटा बलिउड चलचित्र लेखेका छन् भने जेफ अमेरिकाको न्युयोर्क एकेडेमीका प्राध्यापक हुन् ।

नेपालमा चलचित्र लेखकको कमीलाई महसुस गरी पटकथा लेखन कार्यशाला गर्न लागेको बताए अध्यक्ष पाठकले जनाएका छन् ।

भदौको ४ देखि १० गतेसम्म मकवानपुरमा आयोजना हुने कार्यशालालाई फलदायी बनाउन तयारी गरिरहेको कार्यशाला संयोजन राजु केसीले जनाएका छन् । सहजकर्ताको रुपमा रहेकी सम्पदा मल्लले भने यो कार्यशाला बिल्कुलै सिकारुका लागिभन्दा पनि कम्तीमा एउटा छोटो फिल्म बनाइ सकेका व्यक्तिका लागि लक्षित गरिएको बताइन् । उनले कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्न पर्ने र त्यसबाट एक जना विजेता छान्ने जनाएकी छिन । उनका अनुसार उत्कृष्ट हुने पटकथाले १ लाख नगद पाउनेछ ।

कार्यशालामा सहभागी हुन इच्छुकले असार मसान्तसम्म नाम दर्ता गराइसक्नु पर्ने आयोजकले जनाएको छ ।