Paul Shah   
Movie's Credit : Cast / Special Appearance
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

६ वर्ष पछि बन्ने भो ‘रेड वाइन’

लेन्सनेपाल २०७७ असोज ५
६ वर्ष पछि बन्ने भो ‘रेड वाइन’

चलचित्र ‘रेड वाइन’ बन्ने भएको छ । यो समाचार पढेको पनि ६ वर्ष भइसकेको छ । यद्यपी अब भने यही नाममा चलचित्र बन्ने भएको छ । तर, निर्माण टिम र निर्देशक भने फरक हुन । यहाँ सम्मकी चलचित्रको कथा पनि फरक छ ।

पहिले ६ वर्ष अघि निर्माण हुने भनिएको चलचित्र ‘रेड वाइन’को कुरा गरौं । २०७१ जेष्ठ ५ गते फिल्मीखबरले ‘तथास्तु’ लगत्तै सविरको ‘रेड वाइन’ शिर्षकमा समाचार लेखेको थियो ।

समाचारमा चलचित्रमा सविर श्रष्ठको निर्देशन, महेश बाबु तिमल्सिनाको निर्माण र जगदिश्वेर थापाको लेखन रहने उल्लेख छ । कलाकार फाइनल नभए पनि सोही वर्षको भदौ १५ गतेबाट ‘रेड वाइन’ फ्लोरमा जाने निर्देशक श्रेष्ठले जनाएका थिए । तर, उक्त चलचित्र बन्न सकेन । 

अब भने निर्माता रमेश एम के पौडेलले यही नामको चलचित्र निर्देशन गर्ने भएका छन् । चलचित्रको पटकथा र सम्बाद ६ वर्ष अघि ‘रेड वाइन’ बनाउने घोषणा गरेका निर्देशक सविर श्रेष्ठको रहने छ ।
लगानी भने अमेरिकामा बस्दै आएका व्यवसायी पासाङ लामा र आर्यन पौडेलको रहनेछ भने सह–निर्मातामा भने निरु भण्डारी रहने छिन् ।

सविरले निर्माण पक्षले चलचित्रको नाम ‘रेड वाइन’ फाइल गर्नु अघि आफुसँग कुरा गरेको र कथा अनुसार रेड वाइन उपयुक्त हुने भएकोले आफुले सहमती दिएको जनाए । उनले यस अघि आफुले बनाउने भनेको ‘रेड वाइन’ र अहिले बन्ने ‘रेड वाइन’को कथा नितान्त फरक रहने समेत जनाउका छन् ।

निर्देशनमा डेब्यु गर्न लागेका रमेश केही समय यता अमेरिका बस्दै आएका छन् । त्यसैले पनि होला चलचित्रको छायाँकन अमेरिकामा नै हुने गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रका लागि पल शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाले अभिनय गर्ने छन् । 

‘रेड वाइन’ आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुन लागेको हो ।