Paul Shah   
Movie's Credit : Cast / Special Appearance
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

पल शाहले गरे भाईरल भिम बिकको घर शिलान्यास

लेन्सनेपाल २०७५ चैत्र १३
पल शाहले गरे भाईरल भिम बिकको घर शिलान्यास

अभिनेता पल शाहले देबघाटका भाईरल भिम बहादुर बिकको घरको शिलान्यास गरेका छन् । समाजसेवी रन्जिता गुरुङ्गको अगुवाइमा भिम बहादुर बिकको घर निर्माण कार्य सुरु भएको हो । समाजिक संजालमा भाईरल भएका भिमको घर ५ बर्ष अघि जलेर पुर्ण रुपमा नष्ट भएको थियो । जलेको घर निर्माण गर्न नसक्दा बर्षातको समयमा घर भित्रै पानी छिर्ने र रातभरि परिवारका सदस्यहरु सुत्न नसक्ने अवस्था आएकाले आउदो बर्षात भन्दा अगाडी नै घर निर्माण गरि हस्तान्तरण गर्ने तयारी रहेको समाजसेवी रन्जिता गुरुङ्गले बताइन् ।

सामाजिक सञ्जाल युट्युबमा उनलाई मजाकको पात्र बनाई भाइरल बनाइएको थियो । सञ्चारकर्मी समेत रहेका म्युजिक भिडियो निर्देशक विकास सुबेदीले उनको वास्तविक जीवनको उतार चढावबारे भिडियो कथा बनाएका थिए । त्यही रिपोटिङ्ग पनि धेरैले उनको सहयोगका लागि हात बढाउन तयार रहेको प्रतिक्रिया दिएका छन् । भिमको घर शिलान्यासका लागि विकासले नै पललाई लगेको बुझिएको छ । पलले पनि उक्त घरको शिलान्यास गर्दै आफुले भौतिक, आर्थिक, समाजिक रुपमा सकेको सहयोग गर्ने गर्ने प्रतिबद्धता जनाएका छन । यस्तै अभिनेता पलले समाजिक कार्यमा सहभागी भएर सहयोग गर्न पाउँदा आफुलाई निकै खुशी मिल्ने बताए ।

घर निर्माण अभियानमा अमेरिका निबासी हेम थापाले आर्थिक सहयोग गरेका छन् । भने बाँकी अपुग रकमका लागी देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई सहयोगका अपिल गरिने छ । आगामी नयाँ वर्ष बैशाख १ गतेबाट घर निर्माण कार्य थालनी हुने र वर्षातको मौसम सुरु हुनु अगावै घर निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गर्ने लक्ष्य राखेको रन्जिताको छ ।

पल पछिल्लो समय चलचित्र र म्युजिक भिडियोका अलवा समाजसेवामा पनि सक्रिय छन् । पलको मुख्य भुमिका रहेको चलचित्र ‘विर विक्रम २’ आगामी वर्षको जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा छ ।