This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

कस्तो हुनुपर्छ समाज र चलचित्र विचको सम्बन्ध 

नवल नेपाल, निर्देशक २०७७ श्रावन ३२
कस्तो हुनुपर्छ समाज र चलचित्र विचको सम्बन्ध 

समान आकांक्षा वोकेको मानिसहरुको जमातलाई सामान्यतया समाज भन्ने गरिन्छ ! अर्थात निश्चित मूल्य, मान्यता, सम्बन्ध र सहकार्यको आधारमा स्थापित भएको एक प्रणाली हो समाज ! यही समाज र समाजभित्रका क्रियाकलापहरुको उपज हो चलचित्र जसले समयको कालखण्ड संगै संस्कृती, सामाजिक संरचना, र सामाजिक ब्यवहारहरुका स्वरुपहरुमा परिवर्तन ल्याउने प्रयास गरिरहेको हुन्छ ।

समाजको उत्पती संगै चलचित्रको उत्पती र विकास भएको होईन तथापी समाजमा भए गरेका अथवा समाजको चरित्रलाई मनोरंजनात्मक तरिकाले समाजकै वीचमा पस्कने भएकाले समाज र चलचित्रवीच अन्योलआश्रित सम्वन्ध रहन जान्छ । समाजमा घट्ने घटनाका श्रृखला लाई चलचित्रले समाउने र आफ्नै शैलीमा प्रस्तुत गर्ने भएकाले पनि यी दुई वीच निकटतम सम्वन्ध स्थापित हुन जान्छ !

१.    चलचित्र के को लागि हो ? 
२.    चलचित्र कसको लागि हो ? 
३.    समाज सुधारको घोतक बन्न सकेको छ कि छैन !
४.    परिवर्तनको सम्वाहकको रुपमा स्थापित छ छैन ! 
५.    समग्र समाज र सामाजिक व्यवहारलाई सरल ढंगले उतार्न सकिएको छ छैन ! 

समाजको एउटा सानो घटनालाई टिपेर त्यसमा विविध रंग भर्दै त्यही समाजका मानिसहरुलाई मनोरंजन प्रदान गर्नु एउटा चलचित्रको प्रमुख उदेश्य हुन्छ । साथै कुनै न कुनै रुपमा समाजमा सकारात्मक प्रवाहा गर्नु उसको अर्को उदेश्य हुन्छ । समाजमा घटने घटना, विकृती, विसंगतीलाई उजागर गर्दै त्यसको समाधानको विकल्प खोज्नु एउटा असल चलचित्रको धर्म हो ! यही मुल धर्मलाई मध्यनजर गर्दै संसार भर चलचित्र निर्माण हुने गर्छन तर समय सन्दर्भ र परिवर्तनको नाममा आजका चलचित्रहरुले आफ्नो वाटोलाई कूल्चिएर अन्यत्र जान लागीरहेको देखिन्छ जुन सरोकार वालाले सोच्नुपर्ने वेला आईसकेको छ । अन्यथा मनोरञ्जनको नाममा देखिन लागेको छाडापनाले समाजलाईनै अपमानित गर्दै जाने निश्चित छ र यसको असर अन्तत चलचित्र जगत लाई नै पर्न जान्छ किनकी समाजवीना औचित्य शून्य हुन्छ । 

वास्तवमा समाजमा वढिरहेको विकृती र विसंगतीलाई उजागर गर्दै असल समाज निर्माणको प्रतिनिधि पात्रको रुपमा यसले स्थापित हुनु पर्छ । चलचित्रले समाज र सामाजिक व्यवहारको चित्रण गर्ने भएकोले यसको महत्वलाई निर्माण पक्षले राम्ररी बुझन जरुरी हुन्छ । समाज र चलचित्रवीचको अन्तर सम्वन्ध पनि यसैले स्थापित गरेको हुन्छ । यसरी छोटो शव्दमा भन्नु पर्दा समाज र चलचित्रवीच नङ र मासुको जसतो सम्वन्ध हुन्छ र हुनु पर्छ । समाज नभएको भए चलचित्रको कल्पना नै हुने थिएन र चलचित्र नभएको भए समाजका सदस्यहरुलाई मनोरंजनको साधन प्राप्ती हुने थिएन । यसर्थ यी दुईवीचको सम्वन्ध एक अर्काको परिपुरकको रुपमा स्थापित हुन गएको हो । अझ अर्को कुरा समाज भित्रकै सदस्यनै चलचित्र निर्माणको सदस्य भएकोले यीनीहरुवीचको सम्वन्ध लाई स्पष्ट पारिदीएको छ । समाजको चित्रण गर्ने माध्यमको रुपमा अगाडी आएको सिनेमा लाई समय सापेक्ष र समाज अनुकुल वनाउनु पनि उतिकै जरुरी छ । जसले गर्दा यी दुई वीचको दुरीलाई कम गरिदिन्छ । चलचित्रले समाज परिवर्तनको घातक मात्र हैन समाजमा कहिल्यै नघटेका घटनाको वारेमा पनि उजागर गरेर समाजलाई सचेतनाको शंखधोष गर्न जरुरी छ । यसैले समाज र चलचित्रवीचको सम्वन्धलाई वलियो वनाउछ जसले गर्ला दुवै पक्षलाई सकारात्मक लाभहुन जान्छ । 

चलचित्र मनोरंजनको प्रमुख साधन भएकोले यसभित्र रमाइला रंग र अस्वभाकि कुराहरुलाई पनि समेटिएको हुन्छ जुन एउटा चलचित्रको अपरीहार्य अवयव हो । तर आज भोलिका चलचित्रहरु मनोरंजन र  रंग भन्ने नाममा अत्याधिक अस्वभाविक र अपाच्य ग्ल्यामर दृश्यहरुलाई कैद गरेर त्यही समाज र संस्कृतिको मर्मलाई लत्याईरहेको पाईन्छ जसलाई हामीले तत्याउछौ उसले हामीलाई कुन नजरले हेर्छ त भन्ने कुरालाई अन्दाज गर्न नितान्त जरुरी छ जसले गर्दा समाज र चलचित्रको दुरीलाई नजिक ल्याउने काममा सहयोग गरी चलचित्र मनोरंजनको लागि मात्र नभएर  समाजको चित्रण पनि भएकोले, यसले समाजका मान्छेको चित्रण यसरी गर्नु पर्छ कि त्यो चित्रले गर्दा समाजले चलचित्रलाई माया गरोस ! नजिक राखोस ! अझ भनौ समाजले चलचित्रलाई आफ्नो नजिकको एउटा पाटो मानोस! चलचित्र समाजका सदस्यको उपज भएकोले आजको समाज र चलचित्र वीचको सम्वन्ध निम्नानुसार हुन जरुरी छ ।

१.      समाजको चरित्रलाई चलचित्रले र चलचित्रको सकारात्मक संदेशलाई समाजले चिन्न सकोस ।
२.      समाज र चलचित्र दुवै एउटै सिक्काका दुई पाटाका रुपमा स्थापित हुनु पर्छ । 
३.    समाजले चलचित्रलाई र चलचित्रले समाजलाई पथ पर्दशन गर्नु पर्छ ।
४.    सकारात्मक परिवर्तनको लागि दुवैले हातेमालो गर्नु पर्छ ।
५.    राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता र सार्वभौमसत्ताको संरक्षणको लागिक दुवैले पहल गर्नु पर्छ । 
६.    समाजलाई सुन्दर ढंगले चलचित्रले प्रस्तुत गर्नु पर्छ भने चलचित्रले भन्न खोजेको कुरालाई समाजले सजिलैसँग बुझ्ने हुनु पर्छ ।  
७.    समाजले चलचित्र हाम्रो लागि हो भन्ने बुझ्नु पर्छ र चलचित्र हाम्रो हो भन्ने बुझ्नु जरुरी छ । चलचित्र पराई हुँदैनन् । आफ्ना मात्र हुन्छन् । 
८.    चलचित्रकर्मीहरु सजक, संवेदन र जिम्मेवारी हुन महत्वपूर्ण हुनजान्छ । समाजले के माग्छ सहित हामीले के दिनेमा बढी जोड दिनुपर्नेछ हुन्छ । 

यहाँ राम्ररी बुझ्नु पर्ने कुरा के छ भने चलचित्र विना समाज जिवित रहन सक्छ तर समाज विनाको चलचित्रको कल्पनासम्म पनि गर्न सकिदैन । त्यसैले समाजले के चाहेको छ । समाजमा बन्ने मान्छेहरुले चलचित्रबाट के अपेक्षा गरेका छन भन्ने कुरा बुझ्न जरुरी छ । यदि यसलाई बेवास्ता गरेर अर्थात समाजको मर्यादालाई नाघेर युग परिवर्तनको नाममा आफुखुशी गरियो भने चलचित्रको पनि इतिहास मेटिन सक्दैन भन्न सकिदैन । आजको प्रतिस्पर्धाको युगमा प्रतिस्पर्धा गर्नु स्वभाविक हो । तर अस्वस्थ प्रतिस्पर्धाले आफैलाई लाग्ने क्यान्सरको बारेमा चलचित्रले सोच्न जरुरी छ । समग्रमा भन्नु पर्दा आजको बढ्दो चलचित्रको निर्माणको क्रममा त्यसको गुणात्मकता खस्कदो छ। गुणात्मकता घटेर आउन लाग्दा ग्याल्मरले (चल्तीको शब्द, तर नेपालमा परिभाषा नखुलेको) नेटो काट्न लागि सकेको छ । यसर्थ परिवर्तित सन्दर्भमा चलचित्रले निम्न कुरामा ध्यान दिन जरुरी छ :– 

१.    चलचित्र के को लागि हो ? 
२.    चलचित्र कसको लागि हो ? 
३.    समाज सुधारको घोतक बन्न सकेको छ कि छैन !
४.    परिवर्तनको सम्वाहकको रुपमा स्थापित छ छैन ! 
५.    समग्र समाज र सामाजिक व्यवहारलाई सरल ढंगले उतार्न सकिएको छ छैन ! 

अन्तमा समाज र चलचित्र पूर्ण रुपमा फरक पनि होइनन् र पूर्ण रुपमा समान पनि होइनन् । यी एक अर्काका सहयोगले सफल हुन्छन् । मानवको बृहत्तर हितको प्राप्तीमा यी एक सिक्काका दुई पाटा हुन । यसर्थ समाज र चलचित्र एउटै शरिरका दुई अंग वा एउटै कल्पना शक्तिका दुई सृजना हुन । समाजले सामाजिक आवश्यकताको खोजी गर्नु र समाजको सोही मर्यादामा रहेर सामाजिक रुपान्तरण र जनचेतना जागृत गरी मनोरंजनको सभ्य साधनको रुपमा आफुलाई स्थापित गर्दै समाज र चलचित्र बीचको सम्बन्धलाई प्रगाढ बनाउनु दुबैको प्राथमिक आवश्यकता हो ।

 

नवल नेपाल निर्देशित चलचित्रहरु