Nakim Uddin   
Movie's Credit : Producer / Executive Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

भाटभटेनीमा क्युएफएक्सको नयाँ मल्टीप्लेक्स

लेन्सनेपाल २०७६ कार्तिक २३

राजधानी सहित देशका प्रमुख शहरहरुमा मल्टिप्लेक्स हलहरु खुल्नेक्रम जारी छ । एकपछि अर्को सुविधा सम्पन्न चलचित्र हल सञ्चालनमा आउने क्रममा भक्तपुरको भाटभटेनीमा पनि मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ ।

देशकै ठुलो मल्टीप्लेक्स च्यानल क्युएफएक्सले ३ पर्दाको मल्टीप्लेक्स सञ्चालनमा ल्याएको हो । सात सय क्षमताको तीन पर्दामा क्यूथ्रीडी प्रोजेक्सन र डल्बी एट्मस साउण्ड सिष्टम जडान गरिएको छ । हललाई थप सुविधा सम्पन्न बनाउन रिसलाइनर सोफा पनि प्रयोग गरिएकाने छ ।

जय नेपालबाट सेवा सुरु गरेको क्युएफएक्सले यस अघि राजधानमिा कुमारी, सिभिल मल, लाबिम मल र छायाँ सेन्टरमा अवस्थित हलको व्यवस्थापन गरिरहेको छ । भने, मोफसल तर्फ नेपालगंज, विर्तामोड, चितवन र पोखरा पनि हल सञ्चालन गरिरहेको छ । भाटभटेनीमा हल सञ्चालन भएको हलसहित क्युएफएक्ससँग देशभर २३ पर्दा पुगेको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रेगल सिनेमा प्रमुख एवं क्यूएफएक्स निर्देशक नकिम उद्दिनले अबको तीन महिना भित्र बुटवल र बिराटनगरमा पनि मल्टीप्लेक्स संचालनमा ल्याउने बताउका छन् ।