Dr. DR Upadhyay   Writer, Lyricist, Composer, Singer
Song's Credit : Cast / Lyricist / Music Composer / Singer

News

गीतकार उपाध्यायद्वारा चेपाङ बस्तीमा लत्ताकपडा वितरण, गीतको पनि छायाँकन

लेन्सनेपाल २०७८ फागुन १२
गीतकार उपाध्यायद्वारा चेपाङ बस्तीमा लत्ताकपडा वितरण, गीतको पनि छायाँकन

समाजसेवामा सक्रिय कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायले चितवनको चेपाङ बस्तीमा लत्ताकपडा वितरण गरेका छन् । चेपाङ पत्रकार नेपोलियन चेपाङको गाउँ रहेको जिमलिङ चौताराका ५५ घर परिवारलाई उपाध्यायले बुधबार लत्ता कपडा बितरण गरेका हुन् । सो अवसरमा उनले चेपाङ बस्तीमा खाना समेत खुवाएका थिए ।

जागरण सम्बन्धी आफ्नो एक गीतको छायाङ्कनका क्रममा उपाध्याय त्यहाँ पुगेका थिए । पिछडिएको चेपाङ समुदायका विषयमा गीत लेखिएको भएकोले छायाङ्कनका लागि आफु त्यहाँ पुगेको उपाध्यायले बताए ।

पत्नी सुनिता खनाल, पत्रकार कृष्ण भुसाल, निर्देशक माइकल चन्द, छायाँकार उत्सव दाहाल, कलाकार नम्रता अर्याल लगायतसहित उपाध्यक्ष चेपाङ बस्ती पुगेका हुन् । चेपाङका विविध समस्या र समाधानसम्बन्धी गीत भिडियो सहित चाडै नै श्रोतादर्शकमाझ ल्याउने डा. उपाध्यायले जानकारी दिए ।