Bishal Sapkota   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि कलाकारको खोजी

लेन्सनेपाल २०७७ फागुन १०
‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि कलाकारको खोजी

सुपरहिट दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’को अफिसियल नेपाली रिमेक भर्सनको लागी कलाकारको खोजी शुरु भएको छ । रिमेक निर्माणको अुनमती लिएको युवा फिल्म्सले कलाकार छनौटका लागि अडिसन आब्हान गरेको छ ।

विशाल सापकोटाको निर्देशनमा बन्ने चलचित्रको लागी मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ । करिब १ बर्ष अगाडी निर्माण घोषणा गरिएको चलचित्रमा विभिन्न अभिनेताको नाम जोडिएको थियो । यद्यपी यतिबेला निर्माण टिमले अडिसन आब्हान गरेको छ ।

बिदेशी चलचित्रको राइट्स लिएर रिमेक गरिन लागेको यो पहिलो नेपाली चलचित्र हो । नेपालीमा यसको नाम भने अझै सार्वजनिक गरिएको छैन । चलचित्रलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दैछन् ।

दक्षिण भारतीय अभिनेता विजय देवगरकोन्डा अभिनित अर्जुन रेड्डीलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । यही चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसमा बलिउड अभिनेता शाहिद कपुर र कियारा अड्वानीको अभिनय थियो ।