Bishal Bhandari   
Movie's Credit : Director / Story
Song's Credit : Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

कमेडी च्याम्पियन’को दोस्रो संस्करणका लागि डिजिटल अडिसन सुरु

लेन्सनेपाल २०७७ भाद्र १५
कमेडी च्याम्पियन’को दोस्रो संस्करणका लागि डिजिटल अडिसन सुरु

‘कमेडी च्याम्पियन’को दोस्रो संस्करण सुरु भएको छ । सोमवार देखि दोस्रो संस्करणका लागि डिजिटल अडिसन खुला गरिएको हो ।

अडिसनमा भाग लिनका लागि कमेडी च्याम्पियनको एपमा गई बढीमा ४ मिनेट ५९ सेकेन्डसम्मको भिडियो अपलोड गर्नुपर्ने हुन्छ । डिजिटल अडिसनमा प्राप्त भिडियोका आधारमा उत्कृष्ट छनौट गरि फिजिकल अडिसनमा सहभागी गराइने छ । फिजिकल अडिसनबाट उत्कृष्ट १५ जना प्रतिस्पर्धी छानिए पछि भोटिङ राउन्ड सुरु हुनेछ । विजेताले २५ लाख नगद पुरस्कारसहित का प्राप्त गर्नेछन् ।

स्ट्यान्ड अप कमेडी रियालिटी सोको डिजिटल अडिसन असोज १४ गतेसम्म खुला रहने छ । ‘हाँसौं हँसाऔं’ भन्ने नाराका साथ सुरु भएको यस प्रतियोगिताको दोस्रो संस्करणमा पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहनेछन् । शोलाई बिशाल भण्डारीले निर्देशन गर्नेछन् ।