Basundhara Bhusal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चितवनमा ‘साइनो’ को प्रसंसा, अर्गानिक चलचित्रको संज्ञा
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘साइनो’लाई चितवनका दर्शकले मन पराएका छन् । चितवनमा सम्पन्न विशेष शोमा चलचित्र हेरेका दर्शकले ‘साइनो’ रुचाएका हुन् । उनीहरुले चलचित्रलाई मौलिक कथावस्तुको अर्गानिक चलचित्रको संज्ञा दिए ।
लक्की मिडिया हाउसको आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी निर शाहको प्रमुख आतिथ्यतामा वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, ‘साइनो’ चलचित्रकी निर्मात्री तथा नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्द, हाँस्यसाम्राज्ञी बसुन्धारा भुषाल, प्रथम रंगिन चलचित्र कुमारीकी नायिका चैत्यदेवी सिंहलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा चलचित्रका कलाकार तथा निर्माता निर्देशकको उपस्थिति रहेको थियो ।
‘साइनो’ हेरेपछि वरिष्ठ चलचित्रकर्मी निर शाहले शुद्ध नेपालीपनको चलचित्र बनेको प्रतिक्रिया दिए । उनले यस चलचित्रबाट सम्भावना बोकेको निर्देशक र नवनायक भित्रिएको बताए । वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले धेरैपछि मौलिक कथावस्तुको मुलधारको नेपाली फिल्म हेरेको बताए । विशेष शोमा उपस्थित कलाकार तथा चितवनमा विशिष्ट व्यक्तिहरुले चलचित्र ‘साइनो’ राम्रो बनेको बताउँदै सफलताको कामना गरे ।
चलचित्र ‘साइनो’ यहि साउन २४ गतेबाट प्रदर्शन हुँदैछ । चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्र ‘साइनो’मा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ ।
चलचित्रलाई अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र ‘साइनो’मा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




