Anmol Sharma   
Movie's Credit : Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

प्रदर्शन मिति तय गर्दै ‘एकलब्य’को गीत सार्वजनिक

लेन्सनेपाल २०७६ आषाढ १०
प्रदर्शन मिति तय गर्दै ‘एकलब्य’को गीत सार्वजनिक

चलचित्र ‘एकलब्य’ले प्रदर्शन मिति तय गर्दै पहिलो गीत सार्वजनिक गरिएको छ । साउन १० गतेबाट प्रदर्शन हुने चलचित्रमा समावेश ‘पूर्वै चल्नेया रेल’ बोलको गीत सार्वजनिक गरिएको हो ।

रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेको गीत लोकलयमा आधारित छ । गीतमा राजेन्द्र बजगाईको शव्द संगीत रहेको छ भने कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

चलचित्रलाई थुप्रै चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका अनमोल शर्माले निर्देशन गरेका हुन् । यो अनमोलको डेव्यु चलचित्र हो । पारिवारिक प्रेमकथाको चलचित्रमा  सोनाम थापा मगर, ओसिन भट्टराई, महिमा सिलवाल, पुष्कर राउत, सुमन ढकाल, सन्ध्या भट्टराई, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनलगायतका कलाकारको अभिनय रहेको छ ।

राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरको निर्माण रहेको चलचित्रमा भोजराज देवकोटाको पटकथा र संवाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।