यस्तो देखियो करिश्माकी छोरी र शिबका छोराको केमेष्ट्री
अभिनेत्री करिश्मा मानन्धरकी छोरी कबिता र अभिनेता शिब श्रेष्ठका छोरा शक्तिको मुख्य भुमिका रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । माघ १ गते बाट प्रदर्शनमा आउने चलचित्रको शिर्ष गीत आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा बसन्त सापकोटाको संगीत, बिस्व नेपाली र अस्मिता परियारको स्वर तथा सुष्मा रुपहांङ राईको शब्द छ । कोभिड १९ को विषम परिस्थितिले गर्दा ठप्प रहेका चलचित्र प्रदर्शनलाई सुचारु गर्न आफुहरुले माघ १ गतेबाट चलचित्र रिलिज गर्न लागेको प्रस्तुतकर्ता नायक शिव श्रेष्ठले बताएका छन् ।
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल,ध्रुब कोइराला लगायतको अभिनय रहेको छ । चलचित्रको निर्देशन दिपेस सापकोटाले गरेका हुन् ।
फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर चलचित्रका सहनिर्माताहरु हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
