Mansara

‘एउटा यस्तो प्रेम कहानी’को गीत ‘हलाल’ सार्वजनिक

२०७७ पौष १२
‘एउटा यस्तो प्रेम कहानी’को गीत ‘हलाल’ सार्वजनिक

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश आइटम गीत ‘हलाल’मा मिना निरौलाको स्वर, बीबी थापाको शब्द र किशोर थापाको संगीत रहेको छ । सार्वजनिक गीतमा अभिनेत्री सुष्मा कार्कीले नृत्य गरेकी छिन । 

अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय छ । चलचित्रबाट करिश्मा मानन्धरकी छोरी कविता मानन्धर, शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र संयग दर्शनधारीले डेब्यू गर्दैछन् ।

फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा यशोधा राई र दिनेश दर्शनधारीको लगानी रहेको छ । दीपेश सापकोटाको निर्देशन रहेको चलचित्रमा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापामगर र तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।

Mahajatra