तराईको कथामा निखिलको भिलेन अवतार !
चलचित्र ‘भिलेन’को ट्रेलर सार्वजनिक गरिएको छ । तराईको परिवेशलाई देखाइएको चलचित्रको ट्रेलर एक्सनका दृष्यले भरिपूर्ण रहेको छ । एक्सन स्टार मानिने निखिल उप्रेतीको दमदार एक्सन ट्रेलरमा समेटिएको छ ।
चलचित्रमा निखिलका अलवान शिल्पा पोख्रेल, कपिल खत्री, निशा अधिकारी, ध्रुब कोइरालालगायतका कलाकारहरुको अभिनय रहेको छ । पुष २७ गतेलाई प्रदर्शन मिति तोकेको यो चलचित्रलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा र मदन कस्यप घिमिरेको छायांकन, मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन, बसन्त सापकोटा, बाबु गिरि र लालकुमार बरालको संगीत, शुक्रराज शाहको एक्सन र दीपेन्द्र तिमिल्सिना तथा दीपक श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
कपिल खत्री प्रस्तुतकर्ता रहेको चलचित्रलाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । चलचित्रमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता तथा राजकुमार श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् ।
Latest Updates
New Releases (Kartik 14)
-
Paran
Director : Dipak Acharya
Casts : Nir Shah, Mahesh Tripathi, Anjana Baraili, Keki Adhikari, Madan Krishna Shrestha
Next Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
