‘युओजी’ बाट कमब्याक गर्दै सलिन

चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि अभिनेता सलिनमान बनियाँले ठुलो पर्दामा कमब्याक गर्ने भएका छन् ।
मंगलबार थिम पोष्टर सार्वजनिक गर्दै सलिनको मुख्य भुमिका रहने चलचित्र ‘युओजी (युनिभर्सिटी अफ गुण्डाज)’निर्माणको घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेता सलिन र सलोन बसनेतलाई एक्सन मुडमा देख्न सकिन्छ । पोस्टरमा पृष्ठभूमिमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ । सार्वजनिक पोस्टरले चलचित्रले विश्वविद्यालयमा हुने गुण्डाराजको विषय उठाएको बुझ्न सकिन्छ ।
सलोन सलिना फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रको निर्देशक, प्राविधिक लगायतको जानकारी विस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको छ ।
सलोन र सलिनमानले ए मेरो हजुर २’ र ‘यात्रा’ पछि तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् । आगामी बैशाख – जेष्ठबाट फ्लोरमा जाने चलचित्रको बजेट ४ करोड रहेको निर्माण टिमले जानकारी दिएको छ ।
पूर्ण रुपमा एक्सन जनरामा निर्माण हुने चलचित्रका लागि यतिबेला सलिन र सलोन ज्यान बनाउन वर्कआउट गरिरहेका छन् । निर्माण टिम अझै दुई अभिनेता र दुई अभिनेत्री छनोटको चरणमा छन् ।
Latest Updates
-
-
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
-
-
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने
-
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak