चलचित्रको कथा बुझाउँदै ‘ऊनको स्वीटर’का गीत

चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ बोलको गीत यतिबेला चर्चामा छ । छोटा भिडियो प्लेटफर्महरू टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समा यो गीत यति भाइरल बनेको छ । अफिसियल भिडियोलाई युट्युबमा १२ लाखभन्दा धेरैपटक हेरिएको छ भने टिकटकमा मात्रै ५० हजारभन्दा बढी प्रयोगकर्ताले यसमा भिडियो निर्माण गरिसकेका छन् ।
हाल सम्म चलचित्रका दुई गीत सार्वजनिक भएका छन् । सार्वजनिक ‘मखमली’ र ‘काफ्ले’ दुवै गीतले चलचित्रको कथालाई झल्काइरहेका छन् । चलचित्रको पहिलो गीत ‘मखमली’को सुरुमै ‘माथी माथी पान्थरमै’ भन्ने शब्द छ । यसले चलचित्रमा कुन भुगोलको कथा भनिएको छ भन्ने स्पष्ट पारेको छ भने अर्को गीत ‘काफ्ले’मा नायिकाले बोलेको सम्बाद ‘झन काफ्लेको गीत सुन्न पाइन्छ भनेर ....’ले पुरुष पात्रको थर ‘काफ्ले’ भएको स्पष्ट पार्छ । चलचित्रमा अभिनेता विपिन कार्कीले ‘धरणीधर काफ्ले’को भूमिका निर्वाह गरेका छन् । उनी पान्थर नवमीडाँडाका बासिन्दा हुन् । यस्तै अभिनेत्री मिरुना मगरले ‘फूल गुरुङ’को भूमिकामा अभिनय गरेकी छिन ।
यसैबीच, चलचित्र निर्माण कम्पनी आर्टमाण्डूले अन्य दुई कलाकारहरूको पात्र परिचय छोटा भिडियो प्लेटफर्ममार्फत गराएको छ । कलाकारहरूको पात्र परिचय टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत सार्वजनिक गरिएको हो ।
चलचित्रमा प्रमुख पात्र परीक्षा लिम्बु र एलेक्स पारसलाई पहिलोपटक ‘काफ्ले’ गीतमा नाचिरहेको देखाइएको छ । चलचित्रमा परीक्षा र एलेक्सले पान्थर नवमीडाँडाका डम्बर काफ्ले र ईक्सा लिम्बुको भूमिका निर्वाह गरेका छन् । सार्वजनिक पात्र परिचयात्मक भिडियोले पनि चलचित्रमा पान्थर नवमीडाँडाको अन्तरजातिय प्रेमको कथा भनेको सहजै बुझ्न सकिन्छ ।
आर्टमाण्डूले कलाकारहरूको झलक सार्वजनिक गर्दै भनेको छ, “हामीले यो झलकमार्फत ‘ऊनको स्वीटर’का पात्रहरूप्रति तपाईँहरूको जिज्ञासा र प्रेम झनै बढ्ने विश्वास लिएका छौँ । यो न्यानो सिर्जनाशीलताको यात्रामा तपाईँहरूको साथको अपेक्षा गरेका छौँ ।”
नविन चौहानको निर्देशन रहेको चलचित्र वैशाख २६ गतेबाट प्रदर्शन हुँदैछ ।
Latest Updates
New Releases (Baishak 26)
-
Jaar
Director : Phurba Tshering Lama
Casts : Geetanjali Thapa, Saugat Malla, Anoop Bikram Shahi -
Unko Sweater
Director : Nabin Chauhan
Casts : Bipin Karki, Miruna Magar, Sunil Pokharel, Maotse Gurung, Wilson Bikram Rai
Next Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal