Mansara

साँस्कृतिक संघका अध्यक्ष भन्छन् नीर शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन लबिङ गरेका छैनौं

२०७८ फागुन २४
साँस्कृतिक संघका अध्यक्ष भन्छन् नीर शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन लबिङ गरेका छैनौं

बरिष्ठ नीर शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन नेपाल साँस्कृतिक संघले लबिङ गरेको खबर झुटो भएको संघका अध्यक्ष तिर्थ थापाले जनाएका छन् ।

मंगलबार एकाएक नीर शाहलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न साँस्कृतिक संघको लबिङ भन्दै समाचार आएपछि अध्यक्ष थापाको प्रतिक्रिया आएको हो । टेलिफोन कुराकानीको क्रममा थापाले यसअघि नै संघको केन्द्रिय कार्यसमति बैठकले पार्टीको केन्द्रिय सदस्य र राष्ट्रिय सभा सदस्य बनाउन अध्यक्ष तिर्थ थापा र आमन्त्रित केन्द्रिय सदस्य बनाउन कोषाध्यक्ष समेत रहेकी लोक गायिका राधिका हमालको नाम सिफारिस गरिसकेको जानकारी दिएका छन् । थापाका अनुसार नीर शाह संघको सदस्य होइनन्, संघको सदस्य नभएको ब्यक्तिलाई संघले पार्टीका तर्फबाट हुने कुनै पनि पदमा नियुक्तिका लागि सिफारिस गर्दैन ।

त्यसो त साँस्कृतिक संघले राज्यका तर्फबाट कला क्षेत्रका बिभिन्न पदमा हुने नियुक्तिमा पनि संघको सिफारिसका आधारमा मात्र गर्न पार्टीलाई आग्रह गरेको छ । अन्यथा संघलाई मान्य नहुने भन्दै थापाले त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् । उनले आफु नै हुनुपर्छ भन्ने नभएको तर, संघमा रही पार्टीमा योगदान दिएको कलाकर्मी नै हुनुपर्छ भन्ने मान्यता रहेको पनि स्पष्ट पारेका छन् ।  साँँस्कृतिक संघ नेपाली काग्रेसको सुभेच्छुक संस्था हो । हालै यसको बिधान संसोधन गरि भातृसंस्था बनाउन संघले केन्द्रिय कमिटीमा सिफारिस गरेको छ । यसबारे भने पार्टीले निर्णय लिन बाँकी छ ।

नेपाली काग्रेसको केन्द्रिय समितिमा २० सदस्य मनोनय गर्न बाँकी छ । जसमध्ये १३ सदस्य महिला हुनै पर्ने बाध्यता छ भने ७ पुरुष मध्ये पनि बिभिन्न कल्स्टरहरु छुट्टाइएका छन् ।

राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक पद हालै रित्त भएको छ । राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको कार्यकाल केही दिनअघि सकिए हो ।

Mahajatra