‘रियाल रिङ्गेट’को गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक
चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरिएको छ । चलचित्रले वैदेशिक रोजगारीको मुद्दालाई मुख्य विषयवस्तु बनाएको छ, जुन गीतको बोल र भावमा पनि झल्कन्छ ।
सार्वजनिक गीतले प्रेम र वैदेशिक रोजगारीको सम्बन्धलाई प्रस्तुत गरेको छ । रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको स्वर रहेको गीतमा प्रदीप भारद्वाजको शब्द र रामचन्द्र काफ्लेको सङ्गीत रहेको छ । गीतमा अभिनेता प्रमोद चौलागाईं र अभिनेत्री निता अधिकारी को अभिनय र नृत्य देख्न सकिन्छ ।
श्रावण १६ गते प्रदर्शनमा आउने चलचित्र रेबेल फिल्मसको ब्यानरमा बनेको हो । विभोर पोखरेलको निर्देशन रहेको चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा प्रदीप भारद्वाजको लेखन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।
निर्माता गगनलाल प्रधानले वैदेशिक रोजगारीको विषय उठाउनै पर्ने भएकोले यसमा लगानी गरेको बताए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
