छायाँकनमा सुशील र शिक्षाको ‘द आउट ल’
चलचित्र ‘द आउट ल’को शुभ मुहूर्त गर्दै छायांकन थालिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजा गर्दै छायाँकन थालिएको हो ।
विक्की महर्जनले निर्देशन गर्ने चलचित्रको छायाँकन अवधी ४० दिन तोकिएको छ । चलचित्रमा सुशील श्रेष्ठ र शिक्षा संग्रौलाको मुख्य भूमिका रहने छ । चलचित्रमा नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय रहने छ । एक्सन–थ्रिलर जनरामा निर्माण हुने चलचित्र आगामी वर्षको दशैं आसपासमा प्रदर्शन हुनसक्ने निर्माता शशांक खड्काले बताए ।
शशांक खड्का र अमित अग्रहरीको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको कार्यकारी निर्माता विनोद कडायत हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
