चलचित्र ‘स्वाहा’ निर्माणको घोषणा
चलचित्र ‘स्वाहा’ निर्माणको घोषणा गरिएको हो । बिहीबार बालाजुस्थित अष्टनारायण हलमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । उक्त अवसरमा गत असारमा प्रदर्शन भएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को ५१ दिन सेलिब्रेसन समेत गरियो ।
‘यो मन त मेरो नेपाली हो’कै निर्देशक नर प्रधान (मित्र)को निर्देशन रहने चलचित्रमा रोशन श्रेष्ठको मुख्य भूमिका रहनेछ । कार्यक्रममा एआई जेनरेटेड पोस्टर समेत सार्वजनिक गरियो । पोस्टरमा उनी धनुष लिएर घोडामा सवार देखिन्छन् ।
शिवम् अधिकारीको लेखन रहने चलचित्र हिमाली भेगको कथामा निर्माण हुने निर्देशक प्रधानले बताए । उनका अनुसार चलचित्रको लागत ४ करोड अनुमान गरिएको छ । पद्मा इश्वर इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रमा रोशन श्रेष्ठको लगानी रहनेछ ।
‘यो मन त मेरो नेपाली हो’ले अष्टनारायण हलमा प्रदर्शनको ५१ दिन पुरा गरेको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
