चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा र महासचिवमा खगेन्द्र लामिछाने विजयी
चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न संघको निर्वाचनमा प्रतिद्वन्द्वी सुनिल कुमार थापालाई २७ मतले पछि पार्दै सुब्बा विजयी भएका हुन् । सुब्बाले १५३ मत प्राप्त गर्दा थापाले १२६ मत पाए । ३२४ जना मतदाता रहेको संघको निर्वाचनमा कुल २८० मत खसेको थियो ।
यस्तै महासचिवमा कलाकार समेत रहेका निर्माता खगेन्द्र लामिछाने निर्वाचित भएका छन् । उनले पनि प्रतिद्वन्द्वी किरण नेपालीलाई २७ मतले पछि पारेका हुन् । लामिछानेले १५२ मत प्रात गर्दा नेपालीलाई १२५ मत प्राप्त भएको छ ।
यस्तै सचिवमा युवराज गिरी विजयी भएका छन् । उनले ४७ मतको फराकिलो मतान्तरले प्रतिद्वन्द्वी किसान पोखरेललाई पछि पारेका हुन् । गिरीले १५९ मत प्राप्त गरे भने पोखरेलले ११२ मत पाए ।
अन्य पदाधीकारी तथा सदस्यहरु भने सर्वसम्मत भएका छन् । निर्देशक समेत रहेका निर्माता दिपेन्द्र के खनालले उमेदवारी फिर्ता लिएपछि उपाध्यक्ष पदका लागि ज्योतिराज राई र रौनकविक्रम कँडेल सर्वसम्मत भएका छन् । यस्तै कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध भए ।
सदस्यतर्फ श्रीधर पौडेल, चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, घनेन्द्र थपलिया, मनोजकुमार अधिकारी, राजकुमार पण्डित र प्रवीण कार्की निर्विरोध भएका छन् । संघको कार्यसमितिमा ९ सदस्य आवश्यक भएपनि जम्मा ७ जनाको मात्र उमेदवारी परेको थियो ।
Latest Updates
-
-
‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, कलाकारमा अधिकारी
-
-
दिपकराज गिरी भन्छन् – भाद्र २३/२४ को आन्दोलन गलत प्रमाणित नहोस् !
-
-
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Max Nepal, Rajan Kunwar, Pooja Chaudhary
