Mansara

श्रृष्टि भन्छिन – चलचित्रबाट जीवन बुझ्न पाँए

२०७८ चैत्र १
श्रृष्टि भन्छिन – चलचित्रबाट जीवन बुझ्न पाँए

पर्दा भित्र जस्तो भुमिका निभाए पनि रियल लाइफमा शिष्ट अनि शालिन भेटिन्छिन श्रृष्टि श्रेष्ठ । मिस नेपाल हुँदै चलचित्रमा आएकी यि अभिनेत्रीले ‘लालपुर्जा’को अतिथी भुमिका सहित ६ चलचित्रमा काम गरेकी छिन ।

हरेक चलचित्रमा भिन्न क्यारेक्टर निभाई रहदा भिन्न–भिन्न जीवन बाँचेकी श्रृष्टिले छैटौं चलचित्रमा भने आफ्नै जीवनलाई थप नजिकबाट चिन्ने अवसर पाइछन् । हालैको एक भेटमा उही शालिन शैलीमा प्रस्तुत भएकी श्रृष्टिले शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘चिसो एष्ट्रे’ र यो चलचित्रमा आफुले काम गर्दा महशुस गरेका कुराहरु खुलेरै बताइन ।

‘चिसो एष्ट्रे’ले भूपी शेरचनको कवितालाई आधार बनाएर काठमाडौं आउने, बस्ने र जानेहरुको कथा भन्ने छ । श्रृष्टि यही चलचित्रकी एक पात्र हुन् । चलचित्रमा हरेक क्यारेक्टरले काठमाडौंका बिभिन्न गल्लिहरुको प्रतिनिधित्व गर्छ । निर्देशकले ति सबै गल्लिलाई बिभिन्न नाम दिएका छन् । श्रृष्टिले प्रतिनिधित्व गर्ने गल्लि हो ‘पुतली गल्लि’ । पुतली गल्लिले क्रियटिभ गल्लिको पनि प्रतिनिधित्व गर्छ ।

पुतली गल्लि जहाँ ह्वाइट बटरफ्लाई पाइन्छ । शान्त अनि शालिन छ गल्लि । त्यही गल्लिकी एक युवति शालिनता हुन् । जसलाई श्रष्टिले प्रतिनिधित्व गर्छिन । यो गल्लि अनि श्रृष्टिको क्यारेक्टर भने कलाकार मिलन राईबाट प्रेरित छ । मिलन यस्ता कलाकार हुन् जसले देश बिदेशका बिभिन्न स्थानमा ह्वाइट बटरफ्लाइ सजाएर चर्चा पाएका छन् । उनैबाट प्रभावित भएर श्रृष्टिको क्यारेक्टर डेपलभ गरिएको हो । श्रृष्टिले आफ्नो क्यारेक्टरलाई न्याय दिन निकै रिसर्च पनि गरिछन् । उनले मात्र होइन पुरा टिमले चलचित्रका लागि गरेको मेहनत र टिमवर्क बाट उनी प्रभावित छिन । प्रि प्रोडक्सनमा जसरी काम भयो त्यो आफ्नो जीवनकै अविस्मरणिय रहने उनी बताउछिन । सायद यसैले होला कुनै धक नमानी भन्छिन् – ‘मैले चलचित्रबाट धेरै कुरा सिक्न पाए ।’ उनले अगाडी थपिन – ‘हरेक चलचित्रमा यत्तिकै मेहनत गर्नुपर्छ भनेर सिक्न पाए ।’

कामका लागि मात्र होइन नीजि जीवनका लागि पनि उनले धेरै कुरा सिकिछन् चलचित्रबाट । अरुलाई कस्तो ब्यबहार गछौं, सकारात्मक कुराहरुलाई कति ध्यान दिन्छौं, हामी किन नकारात्मक मात्र देख्छौं जस्ता कुराहरुको पनि उत्तर उनले भेटेकी छिन । त्यसैले जीवनको सुन्दरता पनि बुझ्न पाइछन् शालिनताको क्यारेक्टरका माध्यमबाट । यि सबै सिकेका कुराहरुलाई मनमा लिएर अघि बढ्ने अठोट छ उनको । समग्रतामा उनी भन्छिन् – ‘यो चलचित्रबाट मैले आत्मानुभुति गर्न पाए ।’

त्यसो त श्रृष्टिले प्रतिनिधित्व गर्ने पुतली गल्लि लगायत चलचित्रका बिभिन्न दृष्यमा गरेर १५ हजार ह्वाइट बटरफ्लाईको प्रयोग गरिएको छ । क्रियटिभ मात्र होइन पात्रको नाम जस्तै शालिनता प्रस्तुत गरिएको छ ।

दिन्स पाल्पालीको निर्देशन रहेको चलचित्रमा श्रृष्टि केसी, दिब्यदेब, शुशिल राज पाण्डे, रबिन तामाङ, नबिन लम्साल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता महेश बाबु तिमिल्सिना हुन् ।