‘सरी मम’को छायांकन सुरु
चलचित्र ‘सरी मम’को छायांकन सुरु गरिएको छ । बिहीबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै क्यामेरा पूजा गरी छायांकन थालिएको हो । अभिनेत्री सरिता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिए भने निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेका थिए । मुर्हूत सर्टको निर्देशन रञ्जित रानाले गरेका हुन् ।
विनोद लामाको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा सरिता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रवील कटुवालको अभिनय रहनेछ । चलचित्रको सम्पूर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।
एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने चलचित्रलाई नविन बोगटीले निर्देशन गर्नेछन् । यही चलचित्रबाट उनले निर्देशनमा डेब्यु गर्दै छन् । ३० दिनको छायांकन सेड्युल राखिएको चलचित्रमा दीर्घ गुरुङले छायांकन रहनेछ । सामाजिक कथावस्तुमा निर्माण गरिने चलचित्र आगामी वर्षको दशैँ र तिहारको बीचमा रिलिज गरिने निर्माता विनोद लामाले बताएका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
