चलचित्र ‘सरी मम’को ओएसटी सार्वजनिक
चलचित्र ‘सरी मम’को ओएसटी सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीत प्रेम वियोग भावको छ । गीतमा प्रज्वल श्रेष्ठको गायन, नविन बोगटी र गायक श्रेष्ठको संगीत तथा शब्द रचना छ ।
गीत सार्वजनिक गर्दै चलचित्र मंसिर १५ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ । निर्माता विनोद लामाले बाग्मती प्रदेशका चलचित्र हलमा मात्र चलचित्र एक हप्ता मात्रै प्रदर्शन गर्ने जनाएका छन् ।
नविन बोगटी निर्देशित चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय छ । दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन, आयुष वुढाथोकी र सरोज पौडेलको लेखन रहेको चलचित्रका निर्माता सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
