‘सरी मम’को पोस्टर सार्वजनिक

लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको चलचित्र ‘सरी मम’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सामाजिक कथावस्तुमा बनेको चलचित्रको पोस्टरमा आमा र छोराबीचको सम्बन्धलाई प्रतिकात्मक रूपमा देखाइएको छ । अभिनेता सरोज खनाल, कलाकार सरिता लामिछानेसहितका कलाकारहरू पोस्टरमा छाएका छन् ।
नविन बोगटीले निर्देशन गरेको चलचित्रका कार्यकारी निर्माता विनोद लामाले हुन् । दशैँ लगत्तै समुदायस्तरमा चलचित्रको प्रदर्शनी गरिने निर्माण टिमले बताएको छ । चलचित्रको प्रदर्शनीमा नेपाल जेसिजले समेत सहकार्य गरेको छ । जेसिजका देशभरीका १ सय ७४ वटा शाखाहरूले समेत प्रदर्शनीमा सहकार्य गर्नेछन् ।
चलचित्रमा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल , प्रविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् ।
चलचित्रमा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको चलचित्रका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् ।
Latest Updates
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
-
-
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi