Harsh

‘सोल्टिनी’को गीत ‘नौलाख तारा’ सार्वजनिक

२०८२ असोज २४
‘सोल्टिनी’को गीत ‘नौलाख तारा’ सार्वजनिक

चलचित्र ‘सोल्टिनी’को गीत ‘नौलाख तारा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ। गीतका शब्द र सङ्गीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै हुन् भने सङ्गीत संयोजन देवेश राईले गरेका हुन् ।

सार्वजनिक लिरिकल भिडियोमा केही भिजुअल र स्थीर तस्बिरहरू प्रयोग गरिएको छ । भिडियोमा प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक तथा सामाजिक अड्चनलाई प्रस्तुत छन् ।

‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । प्रकाश सपुत र परीक्षा लिम्बुका साथमा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ ।