‘सुम्निमा’ मार्फत सोल गुरुङको डेब्यु
मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘सुम्निमा’ मार्फत सोल गुरुङले अभिनेत्रीका रुपमा डेब्यु गरेकी छिन । हालै लन्डनमा पहिलो चरणको छायांकन सम्पन्न भएको चलचित्र प्रेमकथामा आधारित छ ।
लन्डनमा बसोबास गर्दै आएकी सोलले यस अघि केहि म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी छन् । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माणाधिन चलचित्रको नाम सुन्दा नारीकथामा आधारित जस्तो लागे पनि, यो एक शुद्ध लभ स्टोरी हुने निर्देशक चाम्सले बताएका छन् ।
चलचित्रमा सोल गुरुङ, कुन्साङ बमजन, अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बालगायतको अभिनय रहेको छ ।
निर्देशक चाम्सका अनुसार चलचित्र युनिभर्सल कथामा आधारित रहनेछ र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिदैछ । राजीव थापाको लेखन रहेको चलचित्रको दोस्रो चरणको छायांकन नेपालमा हुने बताइएको छ ।
Latest Updates
-
-
-
जर्सिङ पौवामा खिचिदै ‘परिवर्तन’गीत, सुशील श्रेष्ठ र अञ्जना बराईलीको नृत्य
-
-
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
