‘शिवा’को ट्रेलर सार्वजनिक
चलचित्र ‘शिवा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रलाई रामकाजी घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रको कथा, पटकथा र संवाद पनि स्वयम् घिमिरेले नै लेखेका हुन् । सुनिरा तम कार्यकारी निर्माता रहेको चलचित्रलाई ज्याक श्रेष्ठले निर्माण गरेका हुन् ।
चलचित्रमा किशोर खतिवडा, सञ्चिता लुइृटेल, ज्याक श्रेष्ठ, निरज महर्जन, होम दवाडी, पूर्णिमा लामा, शम्भु गहतराजलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा कमल राई र लिगेश भट्टराईको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, विरेन्द्र भट्टको छायाँकन र राजु ढुंगानाको सम्पादन रहेको छ । मंसिर २७ गतेका लागि चलचित्रको प्रदर्शन मिति तय गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
