चलचित्रको छायाँकन अन्यौल हुँदा ‘सत्यम’को लिरिकल गीत सार्वजनिक

लेन्सनेपाल २०७९ बैशाख २७
चलचित्रको छायाँकन अन्यौल हुँदा ‘सत्यम’को लिरिकल गीत सार्वजनिक

निर्माण घोषणा भएको लामो समय सम्म पनि छायाँकन शुरु गर्न नसकेको चलचित्र ‘सत्यम’ टिमले एक गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ ।

छायाँनमा ढिला हुँदा चलचित्र बन्ने नबन्ने अनिस्चित जस्तै देखिएको थियो । निर्माण टिमले चलचित्र बन्ने निश्चित छ भन्दै यसको एक गीत सार्वजनिक गरेको हो । सार्वजनिक लिरिकल गीतमा रेशम सापकोटाको शब्द, राजु महर्जनको स्वर र कुटुम्ब ब्याण्डको संगीत रहेको छ । गीतको बिच बिचमा राजेश हमालको डाइलग समेत समावेश गरिएको छ ।

रेशम सापकोटाको निर्माण रहने चलचित्रमा राजेश हमालको मुख्य भुमिका रहने छ ।