Mansara

बिकासको ‘सरला’मा दाइजो प्रथाले निम्त्याएको समस्या

२०७७ मंसिर १९
बिकासको ‘सरला’मा दाइजो प्रथाले निम्त्याएको समस्या

आफ्ना हरेक भिडियोमा कथाको अलवा जिवन र भूगोललाई सुन्दररुपमा प्रस्तुत गर्ने निर्देशक विकाश सुवेदी निर्देशित म्युजिक भिडियो ‘सरला’ सार्वजनिक गरिएको छ ।

प्रलाद शाहको शब्द ,निशान भट्टराईको स्वर र सुवास भुषालको संगीत रहेको गीतको भिडियोमा नायक नाजिर हुसेन र अनु थापाको अभिनय रहेको छ । निर्देशक सुबेदीले मधेशी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको समस्या र पीडासँगै दुई फरक समुदायका युवायुवतीबीचको प्रेमलाई सार्थक रुपमा प्रस्तुत गरेका छन् ।

सागर प्रधानको क्यामेरा, जिवन थापाको सम्पादन र कलर ग्रेडिङ रहेको भिडियो सार्वजनिक भएसंगै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

Mahajatra