टिकटकमा चर्चित सन्तोष अब म्युजिक भिडियोमा

पछिल्लो समय टिकटकमा हिट भएका टिकटकरहरु अभिनयमा आउने क्रम निकै बाक्लिएको छ । खासगरि म्युजिक भिडियोमा टिकटकबाट आउनेहरुको संख्या उल्लेख्य छ । यसैक्रममा टिकटकमा श्रीमती पिडित श्रीमानको अभिनय गरेर चर्चामा आएका सन्तोष पौडेलले पनि भिडियोमा अभिनय गरेका छन् ।
त्यसो त सन्तोषले टिकटकबाट चर्चामा आउनु अघि केही चलचित्रमा अभिनय गर्नुका साथै मुख्य सहायक निर्देशक भएर समेत काम गरसकेका छन् । उनै सन्तोषले अभिनय गरेको ‘हजुरै हो’ बोलको तिज गीत हालै सार्वजनिक भएको छ ।
समाजिक कथा प्रस्तुत गरिएको गीतको भिडियोमा सन्तोषकी श्रीमती अमृता पौडेलको पनि अभिनय रहेको छ । सन्तोषकी वास्तविक श्रीमती अमृता पनि सन्तोष जस्तै टिकटकबाट चर्चामा आएकी हुन् । डिआर सुजनको निर्देशन रहेको भिडियोमा सन्तोष र अमृताका अलवा लक्ष्मी गिरी, खेम बा, निर्देशक डिआर, गीतकार बोधश्री र बालकलाकार विदान मैनालीको अभिनय रहेको छ ।
गीतमा डिआर सुजन, अस्मिता अधिकारी र एलिना चौहानको स्वर, डिआर सुजनको संगीत र बोधश्रीको शब्द रहेको छ । भने भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, रेशम दर्नालको छायाँकन र पदम सुबेदीको सम्पादन रहेको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal