Mansara

नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवमा ‘सङ्कुल प्रथम

२०८० मंसिर १०
नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवमा ‘सङ्कुल प्रथम

आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव २०२३ मा अनुष्का अर्यालद्वारा निर्देशित ‘सङ्कुल’ प्रथम भएको छ । शनिबार राजधानीमा सम्पन्न महोत्सवमा महिलाद्वारा निर्देशित ३ देखि १५ मिनेटका चलचित्रहरूले सहभागिता जनाएका थिए ।

महोत्सवमा अनिता स्याङबो निर्देशित ‘वर्थ’, श्रेयन राजभण्डारी निर्देशित ‘अक्वारियम’, पुनम पौडेल निर्देशित ‘लिभिङ विथ डिग्निटी’ र सरिता शाह निर्देशित ‘नोटबुक’ले विशेष लघु चलचित्रको पुरस्कार प्राप्त गरे ।

शनिवार दिनभर चलेको महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् भने समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् ।

महोत्सवमा नेपाली र विदेशी गरी १३ वटा चलचित्र प्रदर्शन गरिएको थियो ।