Harsh
PR Banner

चलचित्र निर्माणमा जुट्दै सागर लम्साल ‘बले’

२०८२ कार्तिक २१
चलचित्र निर्माणमा जुट्दै सागर लम्साल ‘बले’

अभिनेता सागर लम्साल ‘बले’ले होम प्रोडक्सनमार्फत चलचित्र निर्माण गर्ने भएका छन् । टेलिभिजन हुँदै ठूलो पर्दामा प्रवेश गरेका उनले आगामी वैशाखपछि छायाङ्कनमा जाने गरि चलचित्रको तयारी गरिरहेको बुझिएको छ ।

निर्माणमा हात हाल्नुको कारण खुलाउँदै अभिनेता लम्सालले भने, “सिरियलमा काम गरियो, म्युजिक भिडियोमा गरियो, अनि चलचित्रमा पनि काम गरियो सबै खाले अनुभव भयो । अनि कति लगानीमा राम्रो फिल्म बनाउन सकिन्छ भन्ने ज्ञान पनि भयो । यही अनुभवका आधारमा आफ्नै प्रोडक्सनबाट चलचित्र निर्माण गर्ने तयारी गरेको हुँ ।”

लम्सालले यसलाई फरक धारको चलचित्र बनाउन आफू लागेको बताएका छन् । हाल स्क्रिप्ट लेखन र प्रि–प्रोडक्सनका कामहरू भइरहेको छन् । हाल उनी चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को छायाङ्कनमा व्यस्त छन् ।

सागर लम्साल हास्य टेलिसिरियल ‘भद्रगोल’मा निर्वाह गरेको ‘बले’ पात्रबाट प्रसिद्ध भएका हुन्। पछिल्लो समय उनी ‘सक्किगोनी’ हास्य टेलिश्रृंखलामा पनि सोही पात्रको रूपमा देखिएका थिए ।