रोल्पामा ‘बृहत चलचित्र बहस’– छायांकनका लागि उपयुक्त रहेको निष्कर्ष
चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा सम्पन्न ‘बृहत चलचित्र बहस’ले रोल्पा चलचित्र छायांकनको लागि भर्जिन गन्तव्यका रुपमा उपयुक्त रहेको निष्कर्ष निकालेको छ ।
शनिबार परिवर्तन गाउँपालिका राङ्सीको डाँडागाउँमा सम्पन्न बहसमा सहभागीहरुले रोल्पा चलचित्र छायांकनको लागि उपयुक्त रहेको धारणा व्यक्त गरे ।
चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय पुर्व अध्यक्ष शान्तिप्रियले वर्तमानमा नेपाली कथाका लागि छायांकन स्थल भेट्टाउन मुस्किल परिरहेको बेला रोल्पा उपयुक्त रहेको बताए । ‘चलचित्र कथावस्तु अनुसारका छायांकनस्थल पर्न सकेको छैन् ।’ शान्तिले भने ‘रोल्पाजस्तो सुन्दर ठाउँ अब चलचित्रकर्मीको नजरमा पर्नुपर्छ, यसका लागि चलचित्रकर्मी र सरकार दुवैको ध्यान पुग्न आवश्यक छ ।’
यस्तै अभिनेता रमित ढुंगानाले राजनीतिक, धार्मिक, पर्यटकीय तथा साँस्कृतिक हिसाबले परिचित रोल्पा नेपाली चलचित्रको कथामा पर्न नसकेको बताए । यता निर्देशक ऋषिराज आचार्यले रोल्पा छायांकनका लागि उपयुक्त गन्तव्य भएपनि भौगोलिक विकटता र केन्द्रदेखि टाढा रहेकाले चलचित्रकर्मी नजर नपरेको बताए । सरकारले केहि लगानी गरिदिए आफुपनि रोल्पामा चलचित्र छायांकन गर्न तयार रहेको उनले बताए ।
परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले रोल्पा चलचित्रको पर्दामा नसमेटिनुमा समन्वयको अभाव रहेको बताए । रोल्पा चलचित्रकर्मीको नजरमा परिदिए त्यहाँ छायांकन गर्ने चलचित्रलाई सबै पालिकाको समन्वयमा आवश्यक बजेट व्यवस्थापन गर्न सकिने अध्यक्ष मगरले बताए ।
चलचित्र पत्रकार संघ नेपाल दाङका शिव पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका वडा नम्बर २ को सहआयोजना तथा पालिकाको सहयोग थियो ।
परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न झाँकी समूह, आमा समूह, बाजा समूह, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार, साहित्यकार, समाजसेवी, बुद्धिजीवी लगाएतको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका उपाध्यक्ष सन्तोष केसी र बहस कार्यक्रमको सहजीकरण पत्रकार बसन्त विवस आचार्यले गरेका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
