साउण्ड डिजाइनर राजकृष्ण श्रेष्ठको निधन

वरिष्ठ साउण्ड डिजाइनर राजकृष्ण श्रेष्ठको निधन भएको छ । जण्डिसका कारण बिर अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको उपचारको क्रममा बिहिबार निधन भएको हो ।
करिब डेढ महिना अगाडि स्वास्थ्यमा समस्या आएपछि क्षेत्रपाटी स्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा उपचार गराएका उनलाई थप उपचारका लागि बिर अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बुधबार अचानक स्वास प्रश्वासमा थप समस्या देखिएको र बिहीबार विहान निधन भएको जनाइएको छ ।
ध्वनि प्राविधिक रुपमा आफ्नो चलचित्र यात्रा शुरु गरेका श्रेष्ठले तृष्णा, देउकी, प्रेयसी, झुमा, विद्रोह, वीर गणेशमान लगायतका चलचित्रमा साउण्ड डिजाइनरका रुपमा काम गरेका छन् । केही बिदेशी चलचित्रमा समेत काम गरेका श्रेष्ठले एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार, नेफ्टा फिल्म अवार्ड, बक्स अफिस फिल्म अवार्डलगायतका अवार्ड समेत प्राप्त गरिसकेका छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal