निर्देशक हेम लामाको निधन

निर्देशक हेम लामाको निधन भएको छ । काठमाडौंस्थित मनमोहन अस्पतालको सिसियूमा उपचारार्थ उनको आइतवार दिउँसो निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बिगत दुई हप्तादेखि उनलाई मनमोहन अस्पतालमा राखिएको थियो ।
लामाको पार्थिव शरीरलाई सोमबार उनकै निवास बालुवाटारमा अन्तिम श्रद्धाञ्जलीका राखिने र सोही दिन बौद्ध धर्मअनुसार स्वयम्भुनाथ घाटमा अन्त्येष्टि गरिने छोरा विजय लामाले जनाएका छन् ।
लामाले चलचित्र ‘आदर्श नारी’को लेखन तथा निर्देशन गरेका थिए । २०७७ सालमा उनलाई नेपाल चलचित्र निर्देशक समाजले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो । निर्देशक लामा क्याप्टेन तथा अभिनेता विजय लामाका पिता हुन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal