पोष्टर सार्वजनिक गर्दै ‘रिमै’ रिलिजको घोषणा

२०८२ बैशाख २९
पोष्टर सार्वजनिक गर्दै ‘रिमै’ रिलिजको घोषणा

चलचित्र ‘रिमै’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । बुद्ध जयन्ती अवसर पारेर सोमबार तीन पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।

चलचित्रमा उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र ध्वज कार्कीको छायांकन, दीपक शर्मा र थानेश्वर गौतमको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता वीरवल घले हुन् । चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा रहेका छन् ।