कलाकारलाई रातो पासपोर्ट प्रदान गर्ने मन्त्री खतिवडाको भनाई

अर्थ मन्त्री समेत रहेका सूचना, सञ्चार तथा प्रबिधी मन्त्री डा. युवराज खतिवडाले मुर्धन्य कलाकारहरुलाई रातो पासपोर्ट प्रदान गर्न सकिने जनाएका छन् । चलचित्र बिकास बोर्डमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
अरु व्यवसायिक क्षेत्रका व्यक्तिहरुले जस्तै चलचित्र क्षेत्रका व्यक्तिहरुले पनि विदेश जाँदा सोही अनुरुपको पहँच पाउन पर्ने मन्त्री खतिवडाको भनाई छ । उनले भने ‘अरु व्यवसायिक क्षेत्रका व्यक्तिहरुले जुन किसिमको पहुँच पाउनुहुन्छ विदेश जाँदा, कतिले रातो पासपोर्ट माग्नुहुन्छ, कतिले भिआइपी कक्षको प्रयोग गर्न पाउनुहुन्छ । त्यो एउटा मर्यादाक्रम र त्यो एउटा हाम्रा श्रोतका सिमा हेरेर त्यो पनि गर्न सकिने कुरा हो ।’
मन्त्री खतिवडाले सिमित श्रोत साधनका कारण सबैलाई उक्त सुबिधा दिन भने नसकिने जनाएका छन् । उनले सबैलाई यो सूबिधा उपलब्ध हुन नसक्ने भन्दै छानिएका अत्यन्त मुर्धन्य कलाकारहरुलाई सम्मान स्वरुप उक्त सुबिधा उपलब्ध गराउन सकिने जनाएका हुन् ।
मन्त्री खतिपवडाले उक्त कार्यका लागि अध्ययन गरेर सोही अनुरुपको कार्यक्रम ल्याउन चलचित्र बिकास बोर्डलाई निर्देशन समेत दिएका छन् ।
Latest Updates
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
-
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi