चितवनबाट सुरु भयो ‘राम नाम सत्य’को छायांकन
फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ । झण्डै ८० प्रतिशत छायांकन चितवनमा गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए । उनका अनुसार, ४० दिन चितवनमा फिल्म खिचेर १० दिन मुस्ताङको सेड्यूलमा खिचिनेछ ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर जिरौनास्थित धर्मधाम कृष्ण मन्दिरबाट छायांकनको शुभारम्भ गरेका थिए । ‘राम नाम सत्य’को छायांकन चितवनमा हुँदा चितवनलाई फिल्म सिटीको रुपमा चिनाउन र पर्यटन प्रवद्र्धनमा फाइदा हुने लाइन प्रोड्यूसर राजेन्द्र आचार्यले बताए ।
यो फिल्म यही वर्षको चैत्र २७ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी लगायतका कलाकारहरुको अभिनय रहनेछ । साथै, फिल्ममा राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह, पुजन लामिछानेको विशेष भूमिका रहनेछ ।
उपेन्द्र शाही र स्वेता बिमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माताको रुपमा छन् । मोती कार्की क्रियटिभ निर्माताको रुपमा रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत छ । विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको फिल्ममा विदुषी थापाको प्रोडक्सन डिजाइन रहेको छ ।
एक्सन, सस्पेन्स र प्रेमको जनरामा यो फिल्म निर्माण गरिनेछ । निर्देशक माइकल चन्दले यो फिल्मलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ बताउँदै आएका छन् ।
Latest Updates
-
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
-
अष्ट्रेलियामा भोग्नु पर्ने चुनौतीहरु नै ‘पीआर’मा छन् – अभिनेता पौडेल
-
-
‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, कलाकारमा अधिकारी
-
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
