बाढी पीडितका लागि चलचित्र पत्रकार संघ, नेपालद्वारा रक्तदान

बाढी-पहिरोमा परेर घाइते भएकाहरुका निम्ति चलचित्र पत्रकार संघ, नेपालले रक्तदान गरेको छ । शनिबार संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको महासचिव समीर बलामीले बताए ।
लगभग सय जनाको उपस्थितिमा सम्पन्न रक्तदानमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल अतिथिको रुपमा उपस्थित थिए । कोरोना महामारी कालमा पनि सामाजिक दुरी कायम गरेर संघले गरेको रक्तदान कार्यक्रमले राम्रो संदेश दिने उनले बताए ।
अध्यक्ष दिनेश सिटौलाले कोरोना महामारीका बीचमा पनि राम्रो उपस्थितिका साथ रक्तदान सम्पन्न भएको जानकारी दिए । ‘अहिले देशलाई कोरोनासँगै बाढी-पहिरोले आक्रान्त पारिरहेको छ । सम्पूर्ण नेपाललाई खुलेर काम गर्न असहज भैरहेको छ । त्यैपनि ‘रक्तदान नै जीवनदान हो’ भन्ने सोचले संघले आयोजना गरेको रक्तदानमा उपस्थितिको लागि सम्पूर्णमा धन्यवाद । यसलाई समय सापेक्ष राम्रो सहभागिता मान्न सकिन्छ । सामाजिक दुरी कायम गरौँ । कोरोनाबाट बचौँ र बचाउँ ।’
यस्तै संघले आगामी दिनमा पनि यस्तै किसिमको सामाजिक हित हुने कार्यक्रमहरु तर्जुमा गर्दै जाने उपाध्यक्ष जीवन पराजुलीले जनाएका छन् । ।
Latest Updates
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
-
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi