राजेश हमालले गाए दोस्रो गीत

राजेश हमालले दोस्रो गीत रेकर्ड गराएका छन् । चलचित्रमा अभिनयमा पातलिदै जादा म्युजिक भिडियोमा व्यस्त हमालले गायनलाई पनि निरन्तरता दिने छाट देखिएको छ ।
तीन महिनाअघि पहिलोपटक ‘मन बुढो भएन’ बोलको गीत रेकर्ड गराएका हमालले हालसालै दोस्रो गीत रकेर्ड गरेका हुन् ।
हमालले यसपटक ‘गाउँले ठिटो’ बोलको गीतमा स्वर दिएका छन् । उक्त गीतमा गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
यसपटक हमालले विदेशिएका नेपालीलाई स्वदेशमा भएका अवसरहरु प्रति अकर्षित गर्ने शब्दको गीत गाएको जनाइको छ । केही दिनमा नै गीतको भिडियो पनि सार्वजनिक गरिने भएको छ । भिडियोमा स्वयम् हमालको अभिनय रहने छ भने देबेनद्र पाण्डेले निर्देशन गर्नेछन् ।
Latest Updates
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
-
-
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने
-
-
-
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal