Mahajatra

युरोपका ४४ देशमा ‘प्रेमगन्ज’

२०७९ श्रावन ८
युरोपका ४४ देशमा ‘प्रेमगन्ज’

चलचित्र ‘प्रेमगन्ज’ युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने भएको छ । जर्मनी स्थित ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ र  ‘प्रेमगन्ज’को निर्माण टिम बिच चलचित्रको युरोप राइट्स खरिद बिक्रि सम्झौता भएको हो ।

सम्झौता अनुसार जर्मनिको वितरण कम्पनी लोकाहले ‘प्रेमगन्ज’लाई युरोपका ४४ देशमा एकसाथ प्रदर्शन गर्ने भएको हो । सम्झौता पछि निर्देशक परिच्छेद सेनले आफुहरुले पैसा भन्दा पनि नेपाली चलचित्रको अन्र्तराष्ट्रिय मार्केट खोजिरहेको बताए । यसले गर्दा भविस्यमा निर्माण हुने अन्य नेपाली चलचित्रलाई पनि त्यहाँ प्रदर्शनको लागि सहज हुने उनको विश्वास छ ।

भाद्र ३ गतेबाट प्रदर्शन हुने चलचित्रको यतिबेला बिदेशमा पनि उच्च माग देखिएको निर्माण टिमले जनाएको छ । चलचित्रमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनालको मुख्य भूमिका रहेको छ । 

परिच्छेदकै लेखन रहेको चलचित्रमा सञ्जय लामाको छायाँकन रहेको छ । चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो ।