चलचित्र ‘प्रेम गीता’को टिजर सार्वजनिक

२०८२ भाद्र १७
चलचित्र ‘प्रेम गीता’को टिजर सार्वजनिक

चलचित्र ‘प्रेम गीता’को टिजर सार्वजनिक भएको छ ।  टिजरले चलचित्र प्रेम, बिछोड र द्वन्द्वको कथामा बनेको संकेत गरेको छ । टिजरमा चलचित्रका मुख्य कलाकार जाहान्वी बस्नेत, साजिद खान, सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ ।

राजेन्द्र बस्नेतको निर्देशनमा बनेको चलचित्रमा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय छ ।

ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता साजिद खान हुन् भने अयाज अलि खान निर्माता छन् । चलचित्रमा मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाईको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । बस्नेतको डेब्यु निर्देशकिय चलचित्र माघ २३ गते बाट प्रदर्शनमा आउँदै छ ।