‘पीआर’को गीत ‘टाटा बाइ बाइ’लाई दर्शकको साथ
फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’लाई युटुब तथा टिकटकमा दर्शकले रुचाएका हुन्। अहिले टिकटका अधिकांश दृश्यमा यो गीतको शब्द ‘टाटा बाइ बाइ’मा भिडियो निर्माण गरिएको छ।
निर्माण टिम टिकटकमा गीत हिट भएपछि उत्साहित देखिएका छन्। फिल्मका निर्देशक शोभित बस्नेत सामाजिक सञ्जालमा आफ्नो फिल्मको गीतले चर्चा पाएपछि दंग छ्न। यो फिल्मको गीत गत आइतबार सलोमा युटुब च्यानलबाट रिलिज भएको थियो।
युटुबमा पनि गीतले राम्रै भ्युज कमाई रहेको छ। २ हजार भन्दा बढि लाइक गीतले पाएको छ भने अधिकांश कमेन्टकर्ताले गीतको प्रशंसा गरेका छन्।
गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्यलाई दर्शकले सुखत प्रतिक्रिया दिएका छन्। यस फिल्मको गीतमा भिम बी.सी.को संगीत,टेक बी.सी. र प्रीती घिमिरेको स्वर रहेको छ भने गीतको भिडियोमा कोरियाग्राफी रामजी लामिछानेको छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.,दिक्पाल कार्की रहेका छन्।
निर्देशक बस्नेतले यस फिल्ममा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित फिल्म निर्माण भएको बताए। विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरुप्रति गरेको अपेक्षा फिल्ममा समेटिएको निर्माण पक्षको भनाई छ। यस फिल्मको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्। ।
बन्दे प्रसादको सम्पादन रहेको यो फिल्मको लेखन गणेश बुढाथोकीले गरेका छन्। त्यसैगरि यो फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् भने आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ। फिल्म आगामी मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुदैछ।
Latest Updates
-
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
-
अष्ट्रेलियामा भोग्नु पर्ने चुनौतीहरु नै ‘पीआर’मा छन् – अभिनेता पौडेल
-
-
‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, कलाकारमा अधिकारी
-
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
