चलचित्र ‘पीआर’को जापान प्रदर्शन अधिकार बिक्री
मङ्सिर २६ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘पीआर’को जापानका लागि प्रदर्शन अधिकार बिक्री भएको छ। जापानमा नेपाली चलचित्र वितरण गर्दै आएको युना डिजिटलले ‘पीआर’को प्रदर्शन अधिकार खरिद गरेको हो।
निर्देशक शोभित बस्नेतले जापानका लागि राम्रो रकममा चलचित्र ‘सोल्ड आउट’ भएको जानकारी दिए। निर्देशक बस्नेतले चलचित्र ‘पीआर’ प्रेम, सङ्घर्ष र आप्रवासन को भावनात्मक धरातलमा आधारित भएकाले विशेष गरी विदेशमा रहेका नेपाली दर्शकहरूमाझ यसको चासो उच्च देखिएको बताए।
यसअघि अस्ट्रेलियाका विभिन्न सहरहरूमा यसको विशेष शो सफलतापूर्वक सम्पन्न भएको थियो, जहाँ दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। चलचित्रको हालै सार्वजनिक भएको ‘टाटा बाइ बाइ’ बोलको गीतले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। युट्युबमा रिलिज भएको केही दिनमै यो गीत ट्रेन्डिङको सूचीमा पर्न सफल भएको थियो। साथै, टिकटक लगायतका माध्यममा पनि यसको शब्द र धुन प्रयोग गरी बनाइएका छोटा भिडिओहरू निकै लोकप्रिय भएका छन्।
‘पीआर’ मा नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकारहरू नीर शाह, गौरी मल्ल सँगै आर.ए. सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु , कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा रवीन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्कीले विशेष भूमिका निर्वाह गरेका छन्।
Latest Updates
-
-
-
जर्सिङ पौवामा खिचिदै ‘परिवर्तन’गीत, सुशील श्रेष्ठ र अञ्जना बराईलीको नृत्य
-
-
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
