Mahajatra

प्रहरीको पोसाक प्रयोग गर्नुपुर्व अनुमति लिनुपर्ने

२०७७ असोज २३
प्रहरीको पोसाक प्रयोग गर्नुपुर्व अनुमति लिनुपर्ने

प्रहरीको पोसाक प्रयोग गर्नुपर्ने भए स्वकृति लिएरमात्र प्रयोग गर्न प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ । पछिल्लो समय प्रहरी पोसाकको दुरुपयोगका घट्नाहरु बढ्न थालेपछि यस्तो आग्रह गरिएको जनाइएको छ ।

पछिल्लो समय विभिन्न चलचित्र, टेलिचलचित्र, सागीतिक भिडियो तथा टिकटकमा समेत नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भइरहेकाले प्रहरीलाई जानकारी नदिइ प्रयोग गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै यदि कसैले जानकारी नदिइ प्रहरीको पोसाक प्रयोग गरेर कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । सूचनामा भनिएको छ, 'प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार- प्रसार इकाइको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुन समेत जानकारी गराइन्छ।'