‘पोइ पर्यो काले’ निर्माणको घोषणा
चलचित्र ‘पोइ पर्यो काले’ निर्माणको औपचारिक घोषणा गरिएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको शुभ मुहूर्त गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आथित्यतामा चलचित्रको मुर्हत गरिएको हो ।
जेठ १३ गतेबाट छायांकन सुरु चलचित्रको प्रदर्शन कात्तिक ८ गते दिपावलीका दिन गरिने समेत जानकारी दिइएको छ । शिशिर राणाको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, पुजा शर्मा, सुरक्षा पन्त, सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरुको अभिनय रहनेछ ।
चलचित्रमा निर्देशक राणा कै कथा, शिव ढकालको छायाँकन, रघु परियार र हरि उप्रेतीको गीत, सुवास भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी र तारा प्रकाशको सम्पादन रहने छ । श्याम बहादुर थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र अ. देवि राई निर्माता, किरण नेपाली र रधु परियार कार्यकारी निर्माता र अर्जुन खनिया र देव तामाङ सहर्माता रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
